एनआईसी एशिया बैंकको ८ नयाँ शाखा उद्घाटन

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख १६, २०७६

काठमाडौं- एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नयाँ शाखा कार्यालयहरूको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक शाखा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा।डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माबाट,नार्गजुन नगरपालिका वडा नं.४ सितापाइला स्थित सितापाइला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत,काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुलस्थित शंखमुल शाखाको सोही वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारीबाट, ललितपुर उपमहानगरपालिका वडा नं १८ भैंसेपाटीस्थित भैसेपाटीशाखाको सोही वडाका वडा अध्यक्ष पुरुषोत्तम खड्काबाट, विदुर नगरपालिका वडा नं १, त्रिशुलीबजार, नुवाकोट स्थित त्रिशुलीबजार शाखाको मेयर सन्जु पण्डितबाट, विदुर नगरपालिका वडा नं १०, बेत्रावतीबजार,नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोही वडाका वडा अध्यक्ष गणेश कुमार नेपालबाट, धुलिखेल नगरपालिका वडा नं। ४, काभ्रेस्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुबाट तथा पर्सा जिल्लाको छिपरमाइ गाउँपालिका वडा नं। ५ पर्सास्थित भिस्वा शाखाको छिपरमाइ गाउँपालिका अध्यक्ष मनोज कुमारबाट ०७६वैशाख १३ गते भव्य समारोहका बीच समुद्घाटन भएको हो ।

मुलुकभर रहेका बैंकका २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।