कम्युनिस्ट सरकारले सबै सुतेपछि मध्यराति बढायो पेट्रोलियम पदार्थको मूल्य

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, भदौ २०, २०७५

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । सरकारले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य वृद्धि गरेको छ । डिजल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य भएको छ ।

कम्युनिस्ट सरकारले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ सरकारले जनाएको छ । नयाँ मूल्य बुधबार मध्यरातिदेखि लागू हुनेछ ।

सरकारले हरेक पटक मूल्य वृद्धि गर्दा मध्यरातिदेखि लागू हुने गरेर गर्ने गरेको छ । विरोध हुने डरले प्रत्येक पटक सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि मध्यराति गर्ने गरेको छ ।