आइ एम एस मोटर्सको साङयोङ – अन्बिटेबल डिस्काउन्ट अभियान हिजोबाट सुरु, यस्ता छन् सुबिधा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौँ- नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले यहि जेष्ठ २८ गतेका दिन देखि, अन्बिटेबल डिस्काउन्ट अभियान सुरु भएको छ ।

 

यस अभियान अबधिभर, आइ एम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम रु ५००,००० को छुट दिने जनाएको छ ।
यति मात्र नभई यस कोरियन लक्जरी क्ग्ख् ब्राण्ड, स्याङयोङले ग्राहकलाई निम्न लिखित सुबिधाहरु दिने गरेको छ ।

१)  एक्सचेन्ज सुविधा

२) सरल फाइनान्सीङ

३ )  ३ वर्ष निशुल्क सर्भिसिङ्ग

४ )  ३ वर्षे वारेन्टी

५ )  चालु आर्थिक वर्षको निःशुल्य सवारी कर

 

६ )  निःशुल्क एक्सोसरिज

आइ एम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने “हामी सधै ग्राहकलाई असल सुबिधा दिन तत्पर रहन्छौँ, अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४०५ सम्मको अन्तशुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान सुरु गर्न लागेका हौ”, आचार्यका अनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।

 

स्याङयोङ मोटर्स, दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ठ र प्रतिष्ठित एसयूवी ब्रान्ड ओटोमोबाइल कम्पनि हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको छ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो ।

 

कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र MPV हरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।