पोखरामा शाखा कार्यालयको शुभारम्भ गर्यो प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरा शाखा कार्यालयको शुभारम्भ गरेको छ । प्रदेश नं। ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार एक कार्यक्रमकाबीच शाखा कार्यालयको शुभारम्भ गरेका हुन् ।

कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा, सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा। रबीन्द्र श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, उप महासचिव अर्जुन पोखरेल लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बिभागिय प्रमुखहरु तथा प्रदेश नं। ४ मा रहेका विभिन्न कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

शुभारम्भ कार्यक्रममा मुख्य मन्त्री गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजनासँगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नुपर्ने कुरामा जोड दिए।

कम्पनीका अध्यक्ष पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्य गर्ने बताए ।