झिलझिलेमा नयाँ शाखा सञ्चालन गर्दै एनआईसी एशिया बैंक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ ५, २०७४

काठमाडौं-  एनआईसी एशिया बैंकले शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापास्थित झिलझिलेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विहिबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले मिडिया डबलीलाई जानकारी दिए ।