राब बैंक र र एनआईडीसी गाभिने प्रक्रिया शुरू

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ ४, २०७४

pashupati

काठमाडौं- एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले राष्ट्रिय वाणिज्य बैंकसँग गाभ्ने/गाभिने निर्णय गर्नका लागि उक्त साधारणसभा बोलाएको हो ।

माघ १९ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बस्ने सभाले राष्ट्रिय वाणिज्य बैंकसँग गाभ्ने/गाभिने प्रस्ताव पेश गर्नेछ । एनआईडीसी डेभलपमेन्टको १ कित्ता शेयर राष्ट्रिय वाणिज्य बैंकको १ कित्ता शेयर अनुपात गाभिने प्रस्ताव पनि पारित हुनेछ ।

त्यस्तै बैंकले सर्वसाधारण शेयरधनीलाई प्रतिकित्ता ४ हजार ४८४.३० रुपैयाँका दरले रकम दिने प्रस्ताव पनि उक्त सभामा पेश गर्ने भएको छ ।