समता माइक्रो फाइनान्सको आइपीओ खुला, कहाँ-कहाँबाट दिने आवेदन ?

समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । एक सय रुपैयाँ अंकित मूल्यको ९४ हजार आठ सय कित्ता आईपीओको बिक्री खुला भएको हो ।
यसमा न्यूनतम ५० कित्ता र अधिकतम पाँच सय कित्तासम्म आवेदन दिन सकिने छ । एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई र चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ ।
आईपीओका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै नेपाल इन्भेष्टमेन्ट बैंकको उपत्यका र बाहिरका सबै शाखा कार्यलयबाट आवेदन फारम बुझाउन सकिने छ ।
इन्भेस्टमेन्ट बैंङकको ठमेल, पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तीसपुतली, पुल्चोक, लगनखेल, सिपाडोल शाखामा आवेदन दिन पाइने बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्सले जनाएको छ ।
माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यलयहरू, सिबिआइएल क्यापिटल लिमिटेड डिल्लीबजार काठमाडौं, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली, ललितपुर, गोर्खाज फाइनान्स लिमिटेड, डिल्लीबजार तथा शाखा कार्यालय, गुहेश्वरी मर्चेन्ट बैंकका शाखा कार्यालयमा आवेदन दिन सकिनेछ ।
त्यसैगरि, आइसीएफसी फाइनान्सका शाखा कार्यालय, हाम्रो बिकास बैंक बिदुर बट्टार, सिनर्जी फाइनान्सको शाखा कार्यालय, साझा विकास बैंकका शाखा कार्यलयहरूबाट सेयर भर्न सकिने छ । आइपीओ बिक्री बन्द छिटोमा पुस २२ गते हुनेछ । माइक्रोफाइनान्सको बिक्री प्रबन्धकको एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।