कम्युनिष्ट सरकारको अर्को राष्ट्रघात ! यसरी बन्द भयो देशकै ठूलो सरकारी उद्योग

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, असार २२, २०७६

http://www.nepatop.com.np/

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो सरकारी सिमेन्ट उद्योग बन्द भएको छ । विद्युत भोल्टेजमा देखिएको समस्या कारण उदयपुर सिमेन्ट उद्योग बन्द भएको  हो । उद्योग बन्द हुँदा सबै उत्पादन रोकिएको छ ।

उद्योग बन्द हुँदा दैनिक ७५ लाख घाटा भइरहेको छ । विद्युत्को भोल्टेजका कारण हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको बताइएको छ । मर्मत र विद्युत् व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।

‘पटक–पटक विद्युत् भोल्टेजमा देखिएको समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको छ,’ उनले भने । दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्युत्भार कटौतीका कारण ठूलो घाटामा गएको थियो ।