नुवाकोटमा एउटै बोकाको मूल्य साढे तीन लाख: उक्त बोका हेर्न अर्थमन्त्रि नै पुगे नुवाकोट

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, फाल्गुन २७, २०७४

नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा साढे तीन लाख रुपैयाँ पर्ने बोको राखिएको छ ।

 

महोत्सवको प्रदर्शनीमा राखिएको बोयर जातको उक्त बोका अवलोकन गर्न पूर्व अर्थमन्त्री डा.रामशरण महत पनि पुगेका छन् ।

यो बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन् ।