सधैं झगडा गर्ने युवा नेताहरू एकैठाउँ ! कम्युनिस्टविरुद्ध लड्ने सहमति

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख ६, २०७६

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आन्तरिक विमतिमा झगडा गर्ने युवा नेताहरू कम्युनिस्टविरुद्ध संघर्ष गर्न एकठाउँमा आएका छन् ।

नेविसंघको स्थापना दिवसको दिन शुक्रबार नेविसंघका पूर्वपदाधिकारी, युवा नेताहरूले एकत्रित भएर भेटवार्ता गरेका छन् ।

छलफलमा हिजोको दिनमा जेसुकै भएपनि अब नेपाली कांग्रेसलाई आगामी दिनमा सशक्त, सबल र बलियो पार्टी बनाउन कम्युनिस्ट अधिनायकवादविरुद्ध सबै एकमत र एकजुट भएर अगाडि बढ्ने सहमति भएको छ ।

छलफलमा भुपेन्द्रजंग शाही, नैनसिंह महर, मनोजमणी आचार्य, प्रतिमा गौतम, सरोज थापा, कुन्दन काफ्ले, नवीन राई, दिपक भट्टराई, कल्पना खड्का, झला विक, राजीव लामिछाने लगायत नेताहरू आकस्मिक रूपमा एकैसाथ सहभागी भएका छन् ।