यी कम्युनिस्ट मन्त्रीलाई बुद्ध एयरले हान्यो दह्रो झापड, दुईतिहाइको घमण्ड चक्नाचूर !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – निजी हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विज्ञप्तिमार्फत् दह्रो झापड हानेको छ ।

विमानले आफूलाई छाडेर गएको भन्दै बुटवलमा मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलन गरेपछि बुद्ध एयरले विज्ञप्ति जारी गर्दै एक जना मन्त्रीले विमानस्थलमा ढिला गरेका कारण ६८ यात्रुलाई अप्ठ्यारो पर्ने गरी विमान रोक्न नसकिएको प्रष्ट पारेको छ ।

दुईतिहाइ बहुमतको दम्भमा रहेका कम्युनिस्ट मन्त्रीमा देश र विमान आफू अनुकूल चल्नुपर्ने घमण्ड देखिएको थियो । तर बुद्ध एयरले कम्युनिस्ट मन्त्रीको घमण्डलाई चक्नाचूर पारेको छ । विमानस्थलमा समयमै नपुग्ने मन्त्री होस् वा सर्वसाधारण कसैका लागि पनि विमान नकुर्ने नजिर बनेको छ ।

भैरहवाबाट काठमाडौंको उडानमा मन्त्री बाँस्कोटा छुटेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलवार बुद्ध एयरले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीलाई कुरेको भए मौसमी कारणले विमानले भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउन सक्ने बताएको हो । जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि व्यहोर्नुपर्ने स्थिति आउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति :

सञ्चार मन्त्रीज्यूको उडानबारे बुद्ध एयरको ध्यानाकर्षण

विभिन्न सञ्चारमाध्यममा माननीय सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाज्यूको हिजो वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित भएको रहेछ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

२. काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।

३.मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने बाध्यता रहेको थियो । त्यसै अनुरूप सबै यात्रुहरूलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करीब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्‍थ्यो ।

सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान बाध्यात्मक कारणले राति ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गर्‍यो ।