ओली सरकारविरुद्ध ९ दिने आन्दोलन, देशव्यापी आहड्तालसहित बन्द आह्वान !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र ११, २०७५

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारविरुद्ध देशभर बन्द आह्वान गरेको छ ।

सरकारले फासिवादी दमन शुरू गरेको भन्दै विप्लव समूहले चैत १३ गतेदेखि २४ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवको नामबाट सोमबार जारी प्रेस विज्ञप्तिमा आफ्ना नेता कार्यकर्तालाई तत्काल गर्न माग गरिएको छ ।

आफूले आह्वान गरेको बन्द सफल पार्दै सरकारविरुद्ध प्रतिकारमा उत्रन सबैलाई आह्वान गरिएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ :-