ओली सरकारविरुद्ध माघ १५ गतेदेखि अनिश्चितकालीन आमहड्ताल, सबै ठप्प पार्न आह्वान

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, माघ १३, २०७५

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक जग्गा अतिक्रमण गर्नेविरुद्ध ठोस कदम नचालेको भन्दै अनिश्चितकालीन आमहड्ताल घोषणा गरिएको छ ।

कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिका नाममा भएको सरकारी जग्गा अतिक्रमणमा सरकार मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

आमहड्ताल आन्दोलनमा कम्युनिस्ट पार्टी निकटका विद्यार्थी र युवा संगठनको समेत संलग्नता रहेको छ । ओली सरकारको कार्यशैलीले कम्युनिस्टहरू नै आक्रोशित हुन थालेका छन् ।

यसअघि पटक–पटक खबरदारी गर्दा समेत सरकारी निकाय गम्भीर नभएको भन्दै संयुक्त युवा विद्यार्थी संघर्ष समिति कञ्चनपुरले आमहड्ताल आह्वान गरेको जनाइएको छ ।

‘हामी आन्दोलनरत युवा विद्यार्थीहरूले अन्तिम निर्णायक आन्दोलन स्वरुप २०७५ माघ १५ गतेदेखि कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरू, बजार व्यवसाय, यातायात, शैक्षिक संस्थाहरू बन्द गरी अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय भएकोले यस आन्दोलनको कार्यक्रमलाई सफल पार्नकाम लागि यस जिल्लामा रहेका सम्पूर्ण नागरिक समाज, शिक्षक, बुद्धिजीवी, पत्रकार, समाजसेवी, व्यापारी, संघसंगठन लगायत आमजनसमुदायहरूमा नगर विकासको सरकारी जग्गा संरक्षण गर्ने महान कार्यमा जुट्नका लागि हार्दिक अपिल गर्दछौं,’ सार्वजनिक अपिलमा उल्लेख छ ।
यस्तो छ अपिल :