अपराधीका अनेक जुक्ति, सँगै खुवाएर पत्नी लक्ष्मीको हत्या !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३, २०७५

दैलेख – दैलेखमा पत्नी हत्या आरोपमा प्रहरीले पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–४ कालिकाका ५० वर्षीय सेते पुन मगर छन् । उनीमाथि ५५ वर्षीया पत्नी लक्ष्मीको हत्या आरोप लागेको छ । सेतेले आफूसँगै पत्नीलाई रक्सी खुवाएर हत्या गरेको जनाइएको छ ।

विजया दशमीका दिन दुवैले सँगसँगै मदिरा सेवन गरेको र पतिले लक्ष्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुर पोखरेलले बताए । पोखरेलका अनुसार पुन दम्पतीको संधै घरझगडा हुने गरेको थियो ।

झगडाकै कारण सेतेले पत्नीको हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।