काठमाडौंमा मोटरसाइकलको ठक्करबाट मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, कार्तिक १, २०७५

काठमाडौं – काठमाडौंको ठूलो भर्याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७का वीरबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तामाङको मनमोहन मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो ।