नेकपाकै मुख्यमन्त्रीको खुलासा– ओली सरकारले निर्मलाका हत्यारा लुकायो

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, भदौ ३०, २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले निर्मला हत्याकाण्डबारे सनसनीपूर्ण खुलासा गरेका छन्।
गुरुङले निर्मला हत्याकाण्डमा एक व्यक्तिलाई बचाउन राज्य नै लागेको आरोप लगाएका हुन्।

शुक्रबार पोखराको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मान्छेलाई अपराधी नै भएपनि काखी च्याप्ने प्रवृत्तिले काम गरेको आरोप लगाए। उनले प्रश्न गरे, ‘राज्य एउटा व्यक्तिलाई, आफ्नो मान्छेलाई बचाउन लाग्छ । यस्तो सिस्टम भयो मुलुकमा । सिस्टमले शासन गर्छ कि व्यक्तिले शासन गर्छ रु’

‘हामी त एउटै कुलको भनेपछि एउटै पार्टीको भनेपछि, झन् आफ्नै दाजुभाइ भनेपछि त हुरुक्कै हुन्छौं । अपराधी भएपनि बचाइरहन्छौं,’ उनले भने, ‘उ त्यो निर्मला हत्याबारेमा त्यहीं भएको होइन रु कसलाई बचाउनु प¥याछ त्यहीं भएर घुमिफिरी रुम्जाटार जस्तो भइरहको छ ।’