बिना लाइसेन्स मेयर लाई डोजर चलाउने अधिकार कसले दियो सरकार ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार १, २०७५

पोखरा- पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले डोजर चलाएर एक कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ३ घाइते भएका छन् ।

 

प्राविधिक ज्ञान नभएका कार्यक्रमका प्रमुअ अतिथि मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसेका हुन् ।

 

शुक्रवार  पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रहेको थियो ।

 

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी, रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ र स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।  पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य छन् । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई बढी चोट लागेको छ ।

 

पोखरा लेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना छ । पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

 

जीसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा तत्कालिन नेकपा एमाले हालको नेकपाबाट निर्वाचित भएका हुन्।