पराजुली पदमुक्त गर्न सानोठिमीको हात, यी अधिकारीले गरे यस्तो खुलासा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौं– प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले न्याय सेवा प्रवेशका क्रममा पेश गरेका शैक्षिक प्रमाणपत्र र नागरिकताका आधारमा उमेर हद पुगेकाले पदमुक्त गरिएको न्याय परिषदका उच्च अधिकारीले बताएका छन् ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाका अनुसार, प्रधानन्यायधीस पराजुलीले परिषद्को सचिवस्तरीय निर्णयबाट पराजुलीलाई पदमुक्तको पत्र थमाइएको हो ।

सचिव निरौलाले भने, ‘न्यायपरिषदमा रहेका पराजुलीले बुझाएका प्रमाणपत्र र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार पठाएको पत्रमा प्रधानन्यायधीश पराजुलीको ६५ वर्षे उमेर हद साउन २१ मा पुरा भएको देखिन्छ ।’

उनले भने, ‘सचिवले निर्णय गर्ने हो, परिषदमा रहेका कागजपत्र र सानोठिमीको पत्रका आधारमा पदमुक्त गरिएको हो |