मौन विद्रोहमा सर्वोच्चका ६ जना न्यायाधीश, पराजुली एक्लिए !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, फाल्गुन २९, २०७४

काठमाडौँ – प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका छ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार गरेका छन् ।

 

प्रधानन्यायाधीशको रोलक्रममा रहेका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीसहित भावी प्रधान न्यायाधीशको रोलक्रममा ६ न्यायाधीहरुले पराजुलीले तोकेको इजलास बहिष्कार गरेका हुन् ।

रोलक्रमको हिसाबमा वैशाखदेखि आउँदो असोज ११ सम्म जोशी प्रधानन्यायाधीश बन्नेछन् । जोशीपछि चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश बन्नेछन् ।

उनी तीन वर्षभन्दा लामो समय प्रधानन्यायाधीश हुनेछन् । राणाले सोमबार नै पराजुलीको न्यायाधीशको रूपमा अवकाश भैसक्नुपर्ने भन्दै इजलास बहिष्कार गरिसकेका छन् ।

पराजुलीले आज उनको इजलास तोकेका छैनन् । इजलास बहिष्कार गरेका अर्का न्यायाधीश हरिकृष्ण कार्की रोलक्रमको आधारमा राणापछि प्रधानन्यायाधीश हुनेछन् ।

राणाले २०७९ मंसिरमा उमेर हदले अवकाश पाएपछि कार्की २०८० को भदौसम्म प्रधानन्यायाधीश हुनेछन् । त्यसपछि, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छन् ।

यी तीन न्यायाधीशले पनि इजलास बहिष्कार गरेका छन् । इजालस बहिष्कार गर्ने अन्य न्यायाधीशमा आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा र अनिलकुमार सिन्हा समेत छन् ।