मध्यरातमा अचानक पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ- नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आयल निगमले यसपटक सँगै यो बर्ष ४ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

आयाल नियम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।

पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २–२ रुपैयाँ बृद्धि भएको आयल निगमले जनाएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य राति १२ बजेदेखि नै लागू भएको छ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ, डिजेल र मटितेलको एकै मुल्य ८३ रूपैयाँ पर्ने आयल निगमले जनाएको छ ।