ओलीले राष्ट्रपति भण्डारीनै हुनुपर्छ भन्ने प्रस्ताब राखेपछि झलनाथ फायर

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, माघ १६, २०७४

काठमाडौँ – नेकपा एमालेभित्र  राष्ट्रपति नयाँ बनाउने कि हालककै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएसँगै नेताहरुबीच चर्काचर्की चलेको छ ।

स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव राखेपछि विावाद सुरु भएको हो ।

एमालेका एक स्थायी समिति सदसयका अनुसार बैठकमा अध्यक्ष ओलीले सो प्रस्ताव राख्नासाथ बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गर्दै एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिएका छन्  ।

आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका खनालले बैठकमा ओलीको प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध गर्दै निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ ।