दासहरूको प्रयोगशाला

Suvash Ghimire प्रकाशित : बुधबार, चैत्र २८, २०७४

एक कुरूपता लुकाउन
मस्तिष्क देखि मस्तिष्क सम्म
रूप देखि रूप सम्म
आँखा देखि आखाँ सम्म
चुपचाप चुपचाप
प्रयोग चलिरहन्छ
हर मान्छेको
टाउकोमा ,मनमा, पाइलामा
शब्दहरू माैनतामा लुकाएरहोस्
शब्दहरू शब्दहरूमा सजाएरहोस्
कुरूपता बिकिरहन्छ
मान्छे देखि मान्छे सम्म
शदिंऔ देखि बर्तमान सम्म
बर्तमान देखि अन्नत सम्म

बेचेनी छ धन नहुने सँग
बेचेनी छ मन नहुने सँग
बेचेनी छ माया नहुने सँग
बेचेनी छ खुद बेचेनी नहुने सँग
हतार हतार चलेका पाइलामा होस्
सुस्ताएका थाकेका पाइलामा हाेस्
बेचेनी छ जताततै ,सुस्त-लुप्त
अव्यक्त -अव्यक्त

धर्ती
पागलहरूको डेरा न हो
मुटु चोरिएको मान्छे न हो
बिचार खोसिएको मान्छे न हो
बेचेन-बेचेन-बेचेन

धर्म खोज्नेहरू, शान्ति खोज्नेहरू ,
ईश खोज्नेहरू
ग्यानी महाग्यानीहरू
पण्डित र पण्डित्याईहरू
भर्म ठुलै भर्ममाछन्
ईशको चिन्तन गर्नेहरू
अरूपको आकार निराकार
शुन्य, महाशुन्य अनि
शुन्यन्तरहरू बाट मात्र
तरपनी
धर्ती बीच रातो , सेतो, हरियो , पंहेलो
कस्तो-कस्तो रंगको बिभाजन
एक अरूप , अनेक मन
आफू-आफैं देखि नै
दुरीहरू झन-झन
एकै बेहोसी छ ,एकै बिस्वास
अन्तरमनमा कृत्यमा
एकै सराब एकै पागलपन
तरिका मात्र फरक फरक
मृत्यु बुझाउन , रहस्य खोल्न
प्रयोग चलिरहन्छ
धर्तीलाई
त्यो हो प्रयोगशाला ॥