मेरो निर्दोष जिन्दगीमाथि कथित भगवानले पनि गजबको खेल खेल्यो

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, भदौ ३, २०७३

उसको आँखाभरि टिलपिल आशु देखियो उ भन्दै थियो, सबैले भन्छन्, मुस्कुराउदै जिउनु सिक्नुपर्छ..! अनि म पनि कोसिस गर्छु… ल है चिया नास्ता खानुस १५ मिनेट गाडी रोक्छ, उता कन्ट्याक्टर भाई फेरी करायो.. घडी हेरेको बिहानको ४: १५ बजेको थियो, हामी बुटवल आइपुगेका रहेछौ । उनले चिया खान अनुराध गरे । विहानको समय भएकोले हामी चिया खान झर्यैं । एकजना अधबैसे दिदिले २ कफ चिया ल्याइदनुभयाे ।

 चियाको चुस्कीसँगै अविनाशले सुनाए , ‘एकपटकको मेरो जिन्दगीमा म बारम्बार टुहुरो बनेको छु, अब केहि पाउने आशा भए पनि केहि गुमाउने पिडा भने छैन् । बुवा मारेर जानुभयो, पहिलोचोटि त्यहि दिन टुहुरो भए, आमा हुनुहुन्छ बुवालाई कालले लागेपनि भन्ने सोचेर मन सम्हाल्ने कोसिसमा थिए, आमाले नै छोडेर जानुभयो त्यो दिन दोस्रोपटक टुहुरो भए ।

बहिनिको सबै जिम्मेवारी मेरो टाउकोमा आयो । त्यसलाई नियति सम्झेर चित्त बुझाउदै थिए, पोहोरसाल बहिनि आफूखुसी बिहे गरेरे गइन्, मेरो वास्तै नगरी हो त्यहि दिन म तेस्रोपटक टुहुरो भए । त्यसपछि त नितान्त एक्लो भए म….’ उनि बोल्न सकेनन् ।

 एकछिन लामो सास लिएर बोले – ‘जसको कोही छैन, उसको भगवान हुन्छ भन्ने सुनेको थिए तर मेरो निर्दोष जिन्दगीमाथि त त्यो कथित भगवानले पनि उदेकलाग्दो तरिकाले खेली छाड्यो’ ।

 मैले सोधे – आमासँग कहिले भेट हुन् मन लाग्दैन ? उनको मुखआकृतिमा मुस्कानको रेखी दौडियो, ‘मेरी आमा अर्कैकी श्रीमती हुन् गइन् उनि मेरी आमा रहिनन् । अविनाशको त्यो जवाफले म नतमस्तक भए ।

 हाम्रो त्यो यात्राको गन्तव्य काठमाडौं थियो, बसले हर्न बजाउदै बोलायो । उनले हतार हतार आफ्नो झोलाबाट पर्स निकाल्दै अघि नै चिया ल्याइदिने दिदिलाई सोधे – ‘साहुनी चियाको पैसा कति भयो ?’

 ‘चालिस रुपिया दिनुस् न्’ साहुनीले मौखिक बिल पेस गरिन् । उनीसँग हजारको नोट थियो, साहुनीले खुद्रा मागेपछि मैले पर्सबाट २ वटा २० \२० को नोट तानेर दिए, अविनाश निन्याउरो मुख लगाउदै बसभित्र फर्किए, म पनि उनकै पछि लागे ।

 सुदूरपश्चिमबाट काठमाडौंका लागि तय भएको हाम्रो यात्रा बुटवलबाट नारायणगढतर्फ अगाडी बढ्यो। उनि छेउमा चुपचाप थिए, मलाई उनको बाकीं जिन्दगीबारे जान्न निक्कै उत्सुकता जागिरहेको थियो ।

 उनि बोल्ने कुनै सङ्केत नदेखिएपछि अब मैले नै केहि निहुँमा बोलाउनुपर्ने भयो । अब नारायणगढ पुग्न कति समय लाग्छ होला ? मैले उनको मुहार नियाल्दै सोधे, ‘त्यही २ साढे २ घण्टाजति होला !’ उनले छोटोमा उत्तर दिए ।

 अब के भनु ? मलाई उनी मौन बसेको सह्य भएन र फेरी सोधे

 अनि बहिनिको के छ खबर ? अहिले कता छिन् ? भेट्न आउछिन् होला नी ?

 ‘बहिनि आउदिन्’ यसपटक भने उनि अत्यन्तै भावुक हुदै झस्किए । किन ? फेरी प्रश्न तेर्सियो उनको अगाडी ।

 बहिनि बिहे गरेर गएको केहि समयपछि एकदिन मकहाँ आएर भनिन्, ‘दाजु मैले हजुरलाई नभनी, हजुरको आशिर्वादबिना नै आफूखुसी बिहे गरे मलाई माफ गरिदिनुहोस् । म हजुरकी सानी बहिनी, सानी नै सम्झेर मलाई माफी दिनुस् ।’

 के गर्नु आफ्नो बहिनी मनले कसरि मान्थ्यो र् ? केहि दिन बसिन् पनि ज्वाई सार्है राम्रो छन्, मेरो खुब ख्याल राख्छन् दाजु भन्थिन् । जाने दिन एउटा आग्रह गरेर गइन्, ‘अलिकति पैसा खोजिदिनु पर्यो दाजु, म आमा बन्दैछु, हजुर मामा बन्दै हुनुहुन्छ अबको ३ महिनामा । घरमा बोलाउछु हजुरलाई त्यहि समयमा ।’

 हुन्छ म कोसिस गर्छु भनेको थिए… उनि फेरी रोकिएर बोले ‘सपनै सपनाको बिशाल समुद्र रहेछ जिन्दगी ! यहाँ आफ्ना वास्तविकताहरु पनि कहानीजस्तै लाग्ने, आफुले वर्षौंदेखी मनमा सजाएका सपनाहरु पनि समुद्री छालजस्तै एकैछिनमा बिलाउने !’ उनि बर्बराए ।

 किन ? फेरी मैले प्रश्न तेर्स्याए । ‘सुत्केरी हुन् नसकेर अस्ति मात्रै उनि यो संसारबाट बिदा भइन्, भान्जा पाएकी थिइन् रे उनलाई पनि बचाउन सकिएन भन्थे ज्वाइँले, बहिनी बाबाको प्यारो भइन् ।’

 उनका यी सबै पिडा सुनिसकेपछि पनि मेरो मनमा ठुलो आधि चल्यो, आखिर कतिसम्म भोग्न बाध्य हुदो रहेछ मान्छे ? अब तनाब मलाई सुरु भयो ।

 उनि पल्लोपट्टि मुख फर्काएर आशु पुछ्दै थिए, उनको आशुसँगै मेरो पनि आँखा नभएरिएको होइन तर मैले त्यहाँ अविनाशसँगै रुने अधिकार पाएको थिएन ।

 ‘यस्तै हो जिन्दगी, तपाई त पत्रकार मान्छे मेरो थोत्रो जीवनको यथार्थलाई कथा बनाएर सबैलाई सुनाउन सक्नुहुन्छ ।’ उनले व्यंग्यात्मक तरिकाले मलाई हेर्दै भने, तपाईको अनुमति पाए अवश्य लेख्छु मैले सजिलै प्रतिक्रिया दिए ।

 ‘जत्रो सुकै रमाइलो र भेटघाट भए पनि अन्तमा उस्तै एक्लोपन र शुन्यताले भित्र – भित्रै पोल्ने त मलाइ मात्रै होला ।’ बल्ल उनी मुस्कुराउदै बाेले,

 अब त तपाईको यो पत्रकार साथि पनि छ नी किन एक्लै ? मैले पनि हास्दै जवाफ दिए । बाहिर हेर्नुस् त नारायणी आफ्नै सुरमा गन्तव्य भेट्न कसरी कसिएर कुदिरहेकी छिन्, लाईक यु’ उनि दंग पर्दै मुस्कुराए ।

 नारायणी तरेर पारी पुगेपछि उनले निस्किने सुरसार गरेकाे देखेर मैले फेरी सोधे ।

कता जाने ?

हेटौडा जाने ।

अघि काठमाडौं जाने भन्नुभएको होइन ? ‘

हो ढाटेको नी !

यति भन्दा उनी बसबाट बाहिरिसकेका थिए ।

 अनि सुन्नुहोस् त मैले ढाटेको कुरो चाहिँ पत्रिकामा नलेख्नुस है ?’ बसको ढोकाबाट निस्किदै गर्दा उनले आखा झिम्क्याउदै भने ।

 मलाई लागिरह्यो के उनले अहिलेसम्म आफ्नोबारे पोखेको बयान सबै झुट नै थियो त ? उनका बाेली र त्यसमा भरिएकाे पिडा महशुस गर्दै म काठमाडाैंतिर लागे उनि हेटाैडातिर । तर उनके सम्झना अाइरह्याे ।

यो कथाको भाग १ पनि पढ्नुहोस 

जिन्दगीमा मस्ति बिना त मस्तिष्क पनि अधुरो हुन्छ !