लाखौ जनताको मन मुटुमा बसेका होनहार युवा पत्रकार डेकेन्द्रराजको हत्या माओवादीले यसरि गरेका थिए !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १७, २०७४

बेलायतमा नेपाली सेनाका एक बहालवाला अधिकृतलाई द्वन्द्वकालमा बन्दीलाई यातना दिएको अभियोगमा पक्रेर त्यहाँको कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइरहेका बेला यता नेपालमा त्यतिबेलाकै एउटा कहालिलाग्दो घटनाको विवरण सार्वजनिक भएको छ ।

पत्रकार डेकेन्द्रराज थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरुले पार्टी नीति अनुसार कुटपिट गरी बेहोस बनाएपछि जिउँदै खाल्डोमा पुरेको बयान दिएका छन् । अहो, कति डरलाग्दो, मान्छे कसरी अर्को मान्छेप्रति यतिविघ्न क्रुर हुनसक्छ, यस्तो जघन्य अपराध गर्नेहरुलाई पनि ‘निर्दोष’ भन्दै क्यास र ड्यास दुवै माओवादीले तत्काल नछाडे परिणाम गम्भीर हुने चेतावनी दिएर मरेछन् रे । शान्तिप्रक्रियाविरोधी गतिविधि भनेछन् रे । शान्तिप्रक्रियाको नाममा यस्ता मानवताविरोधी जघन्य अपराधहरुलाई माफ गरिने छैन । मार्नेहरु आफैले अपराध स्वीकारेर सजाय देऊ भनिसकेपछि केको खसखस क्यास (दाहाल) र ड्यास (वैद्य) माओवादीलाई ?

अभियुक्त लक्षीराम घर्तीले प्रहरी र सरकारी वकिलसमक्ष यसो भनेछन्, तत्कालीन नेकपा माओवादीको जिल्ला बैठक बस्ने पूर्वसन्ध्यामा द्धारी गाविस १ को स्थानीय विद्यालयमा लगेर लठ्ठी र सिस्नुपानीले यातना दिइएको थियो । यातनाले हातखुट्टा भाँचेर बेहोस भएपछि मेरो घरमा लग्यौँ । डेकेन्द्रले ‘पानी’ भनेपछि मैले मुखमा पानी हालिदिएको थिएँ । गाड्दा ऊ (डेकेन्द्र) ज्यूँदै थियो । नौ जनाले गाडेका हौं । जिल्ला हेडक्वार्टरको नीति बमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेका हौं । डेकेन्द्रको आत्माले चिरशान्ति पाउन् भन्न म सजाय भोग्न तयार छु ।

द्वारीस्थित नेपाल राष्ट्रिय निमाविको कक्षा कोठाको तेस्रो बिममा झुण्ड्याएर लौरी, सिस्नुपानीले दुई दिनसम्म यातना दिएर नमरेपछि ज्यूँदै गाडिएको पक्राउ परेका ५ जनै अभियुक्तले बताएका रहेछन् ।

पक्राउ परेकामा ड्यास माओवादीका भेरी कर्णली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर, जिल्ला सदस्य लक्षीराम घर्ती र क्यास माओवादीका जिल्ला सदस्य वीरबहादुर केसी छन् ।

मारेर गाडेको चार वर्षपछि सन् २००८ मा बल्ल उनको अवशेष उत्खनन् गरेर भेट्टाइएको थियो ।

पत्रकारितासँगै सामाजिक सेवाका अन्य क्षेत्रमा पनि उत्तिकै
क्रियाशील डेकेन्द्र सदरमुकामको खानेपानी समस्या समाधानार्थ
माओवादीका जिल्लास्तरीय नेतालाई भेट्न २०६१ असार ९ गते
स्थानीय पत्रकार कमल न्यौपानेसहित सदरमुकामउत्तर भवानी
गाउँतर्फ लागेका थिए। माओवादी मिलिसियाले उनीहरूलाई
सदरमुकामनजिकै देसीगाडेबाटै कब्जामा लिए । उत्तरतर्फ हिँडेका
पत्रकारद्वयलाई पूर्वको तौली गाविसतर्फ लगियो । तौलीमा दुर्इ दिन
राखेर १२ गते नौमुले पुर्याइयो । ‘जिल्लास्तरीय नेताहरू भेटाइदिन्छौँ’
भन्दै मिलिसियाहरूले उनीहरूलाई सात दिनसम्म नौमुलेमै राखे ।
त्यस अवधिमा उनीहरूले निकै मानसिक तनाव सहनु पर्यो। एक
हप्तासम्म राख्दा पनि मिलिसियाले स्थानीय नेतालाई भेटाइदिएनन्,
बरु त्यसै छाडिदिए ।

मुक्त भएपछि उनीहरू निकै लामो बाटो छिचोली
सदरमुकामनजिकै आइपुगेका मात्रै थिए, ‘नेताले बोलाएको’ भन्दै
मिलिसियाहरूले पुनः नौमुलेतर्फ लगे । नौमुलेमा माओवादीका
तत्कालीन जिल्ला सेक्रेटरी रणजितसँग भेट गराइयो । रणजितसँग
खानेपानी आयोजना सम्बन्धमा विभिन्न छलफल भए । रणजितले
डेकेन्द्रमाथि आयोजनाको रकम हिनामिना गरेको आरोप लगाए ।
डेकेन्द्रले कडा प्रतिवाद गरिरहे । रकम निकासादेखि सबै निर्णयको
फोटोकपी मगाउने सहमति छलफलमा भयो । कागजपत्र लिन
पत्रकार कमललाई असार २८ गते सदरमुकाम आउन दिइयो ।
डेकेन्द्रलाई भने त्यहीँ राखियो ।

कमल सदरमुकाम आउनासाथ खानेपानी उपभोक्ता समितिको
आपत्कालीन बैठक बसेर रकम निकासा र प्राविधिक इस्टिमेटसमेतको
फोटोकपी माओवादीलाई पठाइयो । अब माओवादीले डेकेन्द्रलाई छाड्छन्
भन्ने आशा सबैमा थियो । तर साउन ८ गते डेकेन्द्रले ‘छलफल गर्ने
नेताहरू भेट नभएकोले केही दिन बस्नुपर्ला जस्तो छ । घरबाट जुत्ता र
ज्याकेट पठाइदिनु। डाँडाबाट सदरमुकामको बिजुली बलेको देख्दा मेरो
मन कस्तो(कस्तो हुन्छ । मैले केही नगरेकोले भागेर आउन मिलेन‘’
भन्ने सन्देश पठाए। उनको सन्देशअनुसार सामानसहित नेपाल पत्रकार
महासङ्घ, दैलेख शाखाको एउटा पत्र पनि पठाइयो । पत्रमा डेकेन्द्रलाई
छाड्न आग्रह गरिएको थियो । पत्रको जबाफ आएन ।

डेकेन्द्रको अवस्थाबारे झनै अन्योल बढ्दै गयो । वार्ताका
लागि टोली खटाउन महासङ्घको केन्द्रीय कार्यालयमा अनुरोध
गरियो । केन्द्रले टोली त खटायो तर त्यो बीचबाटामै रोकियो ।
दैलेखसम्म पनि पुग्न सकेन । वार्ताका लागि नै दिनहरू लम्बिँदै
गएपछि डेकेन्द्रका भाइ यज्ञराजसहितको टोली खोज्न निस्कियो ।
माओवादी कार्यकर्ताले डेकेन्द्र खोज्नेलाई समेत मारिदिने धम्की
दिएर टोलीलाई फर्काइदिए ।

केन्द्रीय कार्यालयले दोस्रो वार्ताटोली पठायो। टोलीले
वार्ता गर्न नपाउँदै उता माओवादीले द्वारी गाविस ४
सानोचम्लायास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको एउटा
कोठामा बिहान खाना खाने बेला डेकेन्द्रलाई हातले दुवै खुट्टाका बूढी
औँला छुन लगाई पछाडिबाट लट्ठीले हिर्काउन सुरु गरे । लट्ठीको
निर्मम प्रहारबाट उनको मृत्यु भएको त्यति बेला माओवादी नै रहेकी
तर पछि आत्मर्समर्पण गरेकी युवतीले बताएकी छन् । उनकै शब्दमा
‘खानाका लागि रोटी र नुन पातमा लिएर आउँदा डेकेन्द्रको हत्या
भइसकेको थियो।’

डेकेन्द्रको हत्याको खबर सार्वजनिक भएपछि दैलेख
सदरमुकामवासीहरू माओवादीप्रति निकै आक्रोशित भए । शव माग गर्दै
उनीहरूले सदरमुकाममा प्रदर्शन गरे । सबैको दबाबपछि माओवादीले
शव दिने बाचा त गरे, तर त्यो आजसम्म पूरा भएको छैन ।
(साभारः नेपाल पत्रकार महासंघद्वारा प्रकाशित पुस्तक ‘द्वन्द्वको मारमा कलम’)

यसरी उत्खनन् गरिएको थियो शव

पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन् स्थलगत प्रतिवेदन (२०६५ सालमा पत्रकार महासंघको दैलेख मिसनका संयोजक जनक नेपालद्वारा प्रस्तुत)

घटनाको पृष्ठभूमिः

२०६१ असार पहिलो साता माओवादीले नगरपालिकाको खानेपानी वितरणमा अवरोध गरे । छलफलबाट समस्या समाधान गर्न डेकेन्द्रराज थापासहितका पत्रकारहरु असार ९ गते तोली गाविस पुगेका थिए । फर्किने क्रममा असार १२ गते सदरमुकाम र तोली गाविसको सीमास्थित तामेखोलाबाट ‘केही बुझ्नु छ’ भनेर माओवादीले थापालाई अपहरण गरे । संगै रहेका पत्रकार कमल न्यौपानेलाई माओवादी कार्यकर्ताहरुले ‘केही हुन्न । तपाई फर्किनुभए हुन्छ’ भनेर सदरमुकाम फर्काएका थिए । रेडियो नेपालका जिल्ला संवाददाता रहेका पत्रकार थापा नेपाल पत्रकार महासंघ दैलेख शाखाका सदस्य र मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार थिए ।

माओवादी कार्यकर्ताहरुले भवानी, रानीवन, बालुवाटार लगायतका गाविसहरुमा घुमाउदै एकमहिनापछि द्धारी गाविस १ स्थित द्वारा गाउँ पुर्याएका थिए । त्यसबिचमा उनसंग कस्तो व्यवहार गरियो भन्ने खुलेको छैन । तर, द्वाारी गाविस पुर्याएपछि भने चरम यातना दिईयो । माओवादीले खुट्टा बाँधेर उल्टो झुण्ड्याएर थापालाई दुर्इ जना कार्यकर्ताले निर्मम यातना दिएका थिए । स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालय प्रस्ताविक निमाविको कक्षा कोठाभित्र यातना दिदा दिदै २०६१ असार २६ गते उनको मृत्यु भएको थियो ।

शवको खोजी

पत्रकार डेकेन्द्र थापाको हत्या भएको खबर परिवारले दुइ दिनपछि नै पाएका थिए । उनलाई अपहरण मुक्त गर्न गएको पत्रकार महासंघको मिसन टोलीसंग माओवादीले हत्याको स्वीकार गरेका थिए । तर, थापाको शव भने बुझाएनन् । परिवार र महासंघले विगत चार बर्षेखि स्वर्गिय थापाको शव माग गरिरहेका थिए । उनकी पत्नीले शवको दाहसत्कार बिना नै किरीया बस्नुपरेको थियो ।

माओवादीले थापाको हत्याप्रति दुःख व्यक्त गर्दै क्षमा मागेको थियो । तत्कालिन पश्चिम कमाण्डर पोष्टबहादुर बोगटी दिवाकरले प्रेस विज्ञप्ती जारी गरेर पार्टीस्तरीयकर्ताबाट गल्ती भएको स्वीकारेका थिए । तर, माओवादीका जिल्ला इन्चार्जको हस्ताक्षरमा डेकेन्द्रको सफाया किन शीर्षकमा ११ आरोप सहितको पर्चा दैलेखका ठाउँठाउँमा बाँडिएको थियो ।
शान्ति प्रक्रियामा आएपछि भने माओवादीले थापाको मृत्यु यातनाबाट नभई उच्च रक्तचापबाट भएको दाबी गर्दै आएको थियो । माओवादीका जिल्ला सचिव कर्णबहादुर बस्नेतले शव देखाउन आफ्नो पार्टीस्तरीया भएको प्रतिक्रिया दिए पनि महासंघ र थापाका परिवारलाई भने कुनै जानकारी गराएनन् ।

माओवादीका केही कार्यकर्ताले दिएको गोप्य सूचनाको आधारमा जेठ २० गतेदेखि पत्रकार महासंघ दैलेख शाखा र इन्सेकका प्रतिनिधीले पत्रकार थापाको शवको खोजी सुरु गरे । माओवादी कार्यकर्ताले कालिकोट र जाजरकोटको सीमावर्ती क्षेत्रमा थापाको शव भएको बताएपछि पत्रकारहरु द्वारा गाविस पुगेका थिए । जेठ ३० गते महासंघका जिल्ला अध्यक्ष विष्णु शर्माको नेतृत्वमा नमनकुमार शाही, मन्जुल अधिकारी र यमप्रसाद शर्माको टोली पुगेर प्रारम्भीक अध्ययन गरेको थियो । प्रत्यक्षदर्शी र्सवसाधारणले गोप्यता भंग नगर्ने र्सतमा २०६१ साउन २६ गते भएको घटना बताएपछि महासंघले केन्द्रीय कार्यालयलाई प्रारम्भीक प्रतिवेदनसहित शव उत्खनन्को पहल गर्न पत्राचार गरेको थियो ।

शव उत्खनन्

पत्रकार महासंघ दैलेख शाखाको प्रारम्भीक अध्ययनको आधारमा असार २ गते महासंघ केन्द्रले राष्ट्रिय मानवअधिकार आयोगलाई शव उत्खनन् गरिदिन अनुरोधसहितको पत्राचार गर्यो । थापाको शव गाडिएको आशंकित चिहानस्थलको सुरक्षाका लागि सोही दिनै प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकीसंग पत्रमार्फ आग्रह गर्यो । महासंघको आग्रहमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय असार ३ गते प्रहरी निरीक्षक भावेस रिमालको नेतृत्वमा सशस्त्र र नेपाल प्रहरी गरी २१ जनाको टोली त्यहाँ खटाएको थियो ।

२०६५ असार १० गते

शव उत्खनन्का लागि राष्ट्रिय मानवअधिकार आयोगको विशेषज्ञसहितको टोली असार ९ गते काठमाण्डौबाट नेपालगन्ज पुगेको थियो । १० गते बिहान महासंघ र आयोगको शव उत्खनन् मिसन टिम दैलेखका लागि प्रस्थान गर्यो । टोलीमा आयोगका तर्फाट कानुनी चिकित्साविज्ञ डा हरिहर वस्ती, आयोगका नेपालगन्ज क्षेत्रीय निर्देशक बेदप्रसाद भट्टर्राई, मानवअधिकार संरक्षण अधिकृतद्वय बासुदेव बजगाई र हरिप्रसाद ज्ञवाली संलग्न थिए । साँझ ४ः३० बजे टोली दैलेख सदरमुकाम पुगेको थियो । टोलीले त्यहाँ प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकी, प्रहरी नायव उपरीक्षक कुबेर कडायत र जिल्ला अस्पताल प्रमुख डा गुणराज अवस्थीसित भेटघाट तथा छलफल गरेको थियो ।

प्रजिअ बुढाथोकीले आशंकित चिहानस्थलमा सुरक्षाकर्मी पठाएकोमा माओवादीका जिल्ला तथा केन्द्रीय नेताबाट हप्की खानुपरेको बताए । माओवादी केन्द्रीय नेताले ‘कस्को आदेशमा प्रहरी पठाएको – त्यहाँ लास छ भन्ने के ग्यारेन्टी छ – हावाको भरमा प्रहरी पठाउने भनेर र्याख र्याख्ती पारेको पनि उनले बताए । पत्रकार महासंघको अनुरोध पत्रका आधारमा सुरक्षाका लागि प्रहरी पठाएको स्पष्टिकरण बुढाथोकीले दिएका थिए ।

२०६५ असार ११ गते

चिहान उत्खनन् गर्न आयोग र पत्रकार महासंघको टोली बिहान ५ बजे सदरमुकामबाट हिडेको थियो । जिल्ला अस्पतालका डा सुजन सापकोटा र डेढ दर्जन बढी स्थानीय पत्रकारहरु पनि टोलीसंगै थिए । साँझ ठिक ४ बजे टोली द्वारी गाविस पुगेको थियो । मिसन टोलीको आग्रहमा माओवादीका जिल्ला सचिव कर्णबहादुर बस्नेत र अर्का एक कार्यकर्ता पनि द्वारी पुगेका थिए ।

र्सवसाधारणले दिएको सूचनाका आधारमा आशंका गरिएको चिहानस्थल प्रस्ताविक निम्न माविदेखि झण्डै एक सय ५० मिटर पर पर्छ । जंगल जाने बाटोमुनि ढुङ्गेपहरोको खोँचमा ढुङ्गाले छोपिएको स्थललाई र्सवसाधारणले पत्रकार थापाको चिहानस्थल बताएका थिए । ठिक ४ः०५ बजे फरेन्सीक विज्ञ डा हरिहर वस्तीसहितको प्राविधिक टोली उत्खनन् कार्य सुरु गर्यो । डा वस्ती आफैले प्रहरीको सहयोगमा ढुङ्गा हटाएर खन्न सुरु गरे । डेढ मिटर लम्बाईमा २२ इन्च गहिरो खन्न उनलाई करिब एक घण्टा लाग्यो । २५इन्च खाडल खन्दा रुखका जरा काटिएको भेटियो । २७ इन्चमा र्सट देखियो । क्रमशः खप्पर, नली खुट्टा र अन्य हाडहरु भेटिए । कंकालमा र्सट, हाफपाईन्ट र अन्डरवियर थिए । त्यस्तै, बाँया खुट्टा दुई टुक्रा भएर भाँचिएको र खुट्टा खापेर गाडेको पाईयो । शव भिरतिर फर्काएर गाडिएको थियो । खप्परको संरचना र्हेदा मृत्यु हुँदा थापाको मुख खुल्ला रहेको बुझियो । दाँया हातको कुइनो पनि फुटेको पाईयो । उत्खनन् कार्य पूरा गर्न डा वस्तीको टोलीलाई झण्डै दुई घण्टा लागेको थियो । फरक फरक अंगको हाडलाई छुट्टा छुट्टै प्लाष्टिकमा संकलन गरियो । पानी परेर उत्खनन् कार्यमा केही कठिनाई भयो ।

उत्खनन्स्थल पुगेका पत्रकार डेकेन्द्रराज थापाका भाई यज्ञराज थापाले कपडा र कंकालको आकार प्रकारका आधारमा शव आफ्नै दाजुको भएको बताएका छन् । त्यस्तै, त्यहाँ पुगेका माओवादी जिल्ला सचिव कर्णदुर बस्नेतले पनि उक्त शव पत्रकार थापाकै भएको स्वीकारे । परिवार र महासंघले औपचारिक आग्रह गरेको भए पहिल्यै शव देखाउन तयार रहे पनि महासंघले आफै खोजेर उत्खनन् गरेको उनले टिप्पणी गरे । घटनाका प्रत्यक्षदर्शीमध्येकी एक भवी र्घर्तिले पनि उक्त शव चरम यातना दिएर हत्या गरिएका पत्रकार थापाकै भएको बताईन् ।

शव उत्खनन् टोलीले त्यहाँ भेटिएका कंकाल र कपडा असार १२ गते सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याएर सफा गरी प्रारम्भिक जाँच सुरु गरेको छ । केही नमुना लिएर टोली असार १४ गते नेपालगन्जतर्फहिडेको छ ।

शव उत्खनन् तथा स्थलगत अध्ययनमा पाइएका तथ्यहरु

१ ०६१ असार १२ गते अपहरित पत्रकार डेकेन्द्रराज थापाको शवलाई माओवादीले द्वारी गाविस(१ स्थित वन क्षेत्रमा गाडेको अवस्थामा पाइएको ।

२ उनलाई अपहरणको ४४ दिनपछि हत्या गरिएको । हत्याका बेला उनको शरीरमा रहेको हाफर्सट, हाफपाईन्ट र अन्डरवियर कंकालसंगै भेटिएको ।

३ स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा कोठामा खुट्टा बाँधेर उल्टो झुण्ड्याएर चरम यातना दिदादिदै थापाको मृत्यु भएको ।

४ उत्खनन्पछि प्राप्त कंकालमा वाँया खुट्टा दर्ुइ टुक्रा भई भाँचिएको र दाँया हातको कुइनो फुटेको । खुट्टा एक(अर्कामा खापेर गाडिएको ।

५ प्रत्यक्षदर्शीका अनुसार, थापाको मृत्यु अपहरणका क्रममा उच्च रक्तचापबाट नभई चरम शारिरीक यातनाबाट भएको ।

६ पत्रकार थापाको हत्यामा कट्टीगाविस ६ का तत्कालिन जनमिलिसिया कमाण्डर बमबहादुर खड्का ‘मुक्ती’ लगायतका कार्यकर्ता संलग्न रहेको । ७ उनी हाल माओवादी जनमुक्ति सेनामा बितरकका रुपमा नेपालगन्जमा छन् ।

निष्कर्षमाओवादी जिल्ला नेतृत्वको स्वीकारोक्ति र शव उत्खनन्का क्रममा कंकालसंगै भेटिएका कपडा र शारिरीक आकारप्रकारको आधारमा परिवारका सदस्यले पहिचान गरे अनुसार नेपाल पत्रकार महासंघले आशंका गरी राष्ट्रिय मानवअधिकार आयोगले उत्खनन् गरेको शव पत्रकार डेकेन्द्रराज थापाकै रहेको पुष्टि भएको छ ।

माओवादीले विवाद सुल्झाउन सघाउन गएका पत्रकार थापालाई अपहरण गरी हत्या गरेर द्वारी(१ स्थित गाउँदेखि डेढसय मिटर परको पहरोको खोचमा गाडेको रहस्य चार बर्षपछि खुलेको छ । पत्रकार शव उत्खनन् र जाँचमा संलग्न डा हरिहर वस्तीको टोलीले शव थापाकै हुनसक्ने संभावना अधिक रहे पनि वैज्ञानिक जाँचपछि पुष्टि गर्ने बताएको छ । अपहरण र हत्या गरी शव बेपत्ता पारिएका पत्रकारको खोजी गरी शव उत्खनन् गरिएको घटना दक्षिण एसियामै संभवतः पहिलो हो ।

एघार बर्षो सशस्त्र द्वन्द्वको अन्त्य भई ब्र्रिोही शक्ति सत्तारोहण गर्न लागेका बेला युद्धकालमा भएका यस्ता जघन्य अपराधको निष्पक्ष छानविन हुनर्ुपर्छ । पत्रकार थापाको हत्यामा संलग्न बमबहादुर खड्का ‘मुक्ती’ लगायतका माओवादी कार्यकर्तालाई कानुनी दायरामा ल्याई दण्ड दिने वातावरण बनाउन नेपाल पत्रकार महासंघले सरकार र सम्बद्ध नेकपा माओवादीलाई दबाब दिनु जरुरी छ । त्यस्तै, स्वर्गीय थापाका परिवारलाई क्षतिपूर्ति र उनका छोराछोरीलाई उच्च शिक्षासम्मको पठ्नपाठनको व्यबस्था गरिनुपर्छ ।

यो संगै, युद्धमा असंलग्न पत्रकार र र्सवसाधारणको हत्यामा संलग्न पक्ष राज्य होस् वा तत्कालिन व्र्रिोही उम्किन दिनुहुन्न । यस्ता युद्धअपराधको छानविन गरी दोषीमाथि कार्बाही र पीडित पक्षलाई क्षतिपूर्ति तथा आश्रति परिवारको लालनपालन र शिक्षाको राज्यले व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस