थपियो एनआईसी एसियाको शाखा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, पुस १९, २०७३

एनआईसी एसिया बैंकले पाँचथरको फिदिममा शाखा खोलेको छ । बैंकले फिदिम नगरपालिकाको वडा नम्बर १० मा शाखा खोलेको हो ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले सोमबार एक समारोहबीच शाखाको उद्घाटन गरे । फिदिम शाखा बैंकको ७९ औं शाखा हो ।

प्रतिक्रिया दिनुहोस