सेञ्चुरीलाई धितोपत्र दरखास्त संकलनको नेपाल धितोपत्र बोर्डबाट अनुमति

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, पुस ११, २०७३

सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ ।

उक्त कार्य २०७३ माघ १ गतेदेखि लागू हुने छ । सेन्चुरी बैंकले चालु आर्थिक बर्षको असोजसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड तथा कर्जा रकम २७ अर्ब ६० करोड रुपियाँ परिचालन गरी सात करोड ४३ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस