७० वर्षकी वृद्धाले जितिन् शंख बजाउने प्रतियोगिता, ७३ वर्षे वृद्धसँग पक्का भयो बिहे

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, फाल्गुन २७, २०७४

अमेरिकाको फ्लोरिडामा आयोजित शंख बजाउने प्रतियोगितामा महिला तर्फको उपाधि ७० वर्षकी एक वृद्धाले हात पारिन् । शंख बजाउने प्रतियोगिताको उपाधि जित्नु उनको जिवनमा सबैभन्दा अविष्मरणीय घटना बन्यो । किनकी प्रतियोगिताले उनलाई बुढेशकालमा जिवनसाथी जुराइदिएको छ ।फ्लोरिडामा आयोजित वाषिर्क की वेस्ट कोन्च शेल ब्लोइंग कन्टेस्ट अन्तर्गत महिलातर्फको उपाधि ७० वर्षकी लोउ स्मिथले जितिन् । जब उनले प्रतियोगिता जितिन् तब उनलाई पुरुषतर्फको प्रतियोगिताका प्रतिस्पर्धीले बिहेको प्रस्ताव गरे ।

स्मरण रहोस् शंख बजाउने प्रतियोगितामा बच्चा देखि बुढासम्मले भाग लिएका थिए । त्यसक्रममा निणर्ायकहरुले शंखबादनको गुणस्तर, नयाँपन, समय, आवाजको तिव्रता आदिको विश्लेषण गरेका थिए । ७० वर्षकी स्मिथसामु बिहेको प्रस्ताव गर्ने व्यक्ति चाहीँ ७३ वर्षका रिक रेस थिए । उमेर मिल्ने रेसले बिहेको प्रस्ताव राखेपछि स्मिथले पनि सहर्ष स्विकार गरिन् ।