जीवनमा झुक्किएर पनि अरुलाई भन्न नहुने ४ गोप्य कुराहरु

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

चाणक्यको जीवन दर्शन पूर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी दार्शनिक, अर्थशास्त्री तथा कुटिल रणनीतिकार समेत थिए । उनले शताब्दिऔं अघि प्रतिपादन गरेका जीवन दर्शनहरु आजको पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक मानिन्छन् ।
उनै चाणक्यले जीवनमा केही कुरा गोप्य राख्नुपर्ने बताएका छन्, जुन निम्न छन्ः

१.धनको लाभ हानीः

चाणक्य नीतिका अनुसार पुरुषले गोप्य राख्नुपर्ने पहिलो कुरा धनको लाभ र हानीको बारेमा कसैलाई पनि नभन्न उनले सुझाएका छन् । उनका अनुसार धन सम्बन्धी मामलामा कसैसँगपनि कुरा खोल्नु हुँदैन । समाजमा गरिव व्यक्तिलाई सजिलै धन प्राप्त नहुने भएका कारण सदा धन सम्बन्धी कुरा गोप्य राख्नुपर्छ ।

२.दुखः नबाँड्नुहोस्ः
चाणक्यका अनुसार जीवनमा आफ्ना दुखः अरुसँग भन्नु हुँदैन । आफूमा भएको सन्ताप र दुःखहरु अरुको अगाडि नभन्नुनै बुद्धिमानी हुने उनको राय छ । आफ्नो दुःख अरुलाई सुनाउँदा दुनियाँले मजाकमात्र उडाउने उनको तर्क छ ।

३.आफ्नी श्रीमतीको बारेमाः
धन र दुख पछि चाणक्यले आफ्नी श्रीमतीका बारेमा पनि कुरा गोप्य राख्नुपर्ने बताएका छन् ।
उनले गोप्य राख्नुपर्ने तेस्रो कुरामा गृहिणीको चरित्र बताएका छन् । आफ्नी श्रीमतिसँग जोडिएका हरेक कुरा गोप्य राख्नुपर्ने उनको सुझाव छ । आफ्नो घर परिवारको आन्तरिक कुराहरु दुनियाँले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना हुन सक्ने तर्फ उनले सतर्क गराएका छन् ।

४.आफु हेपिएको कुराः

चाणक्यले आफुभन्दा सानो मान्छेले आफुलाई हेपेको कुरा कसैसँग पनि नगर्न आग्रह गरेका छन् । उनले भनेका छन् कि, जीवनमा कुनै नीच व्यक्तिले आफूलाई गरेको अपमान बारे पनि कसैसँग चर्चा नगरिकन गोप्य राख्नुपर्छ । यस्तो कुरा अरुले थाहा पाए मजाक उडाउने उनको तर्क छ ।