दुर्घटनानै नहुने बाइक

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

संसारलाई नै चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले एक नयाँ मोटरबाइक बजार ल्याएको छ । बढ्दो सवारी दुर्घटनाका कारण सयौं मानिसले दैनिक ज्यान गुमाउनु परेको भन्दै बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा ल्याएको जनाएको छ ।

बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो । बिएमडब्लुले यो बाइक बजारमा ल्याउँदै दुर्घटना नहुने दाबी गरेको छ । जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीको दाबी छ ।

कम्पनीले यो बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने दाबी गरेको हो । जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ । बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कम्पनीले दाबी गरेको छ ।